प्रहरीमा यसरी लिइन्छ हीराहरूको हुर्मत
janaaastha.com

युवा उमेरमै मानसिक रोगी बने, जन्म दिने आमा गुमाए, त्यो पीडाबाट सम्हालिन नपाउँदै जागिरबाट बर्खास्तसमेत भए । प्रहरीका पूर्वजवान उदयपुरका हिरा ठटालमाथि भएको एकपछि अर्को बज्रपात हो यो । गरिब परिवारमा जन्मिएका हिरा १८ वर्षको उमेरमा २०६३ भदौ ५ गते भर्ना भएका थिए । ‘बुबा सिलाइ–कटाइ गर्नुहुन्थ्यो । उहाँको कमाइले मात्र घर धान्न गाह्रो भएपछि एसएलसी पास गरेर सामान्य जागिर गर्न थालेको थिएँ । त्यही क्रममा दाइहरुले प्रहरीमा भर्ना खुलेको छ भन्दै मलाई पनि लैजानुभयो । नभन्दै भर्ना भएँ,’ उनी सम्झिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)