एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई
khabarhub.com · Sat Sep 19 12:27:41 GMT 2026
काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।
शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उद्देश्यका साथ जापान जान लागेको बताए । उनले प्रतियोगिताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)