बगैँचामै पुगेर बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक
barnanmedia.com · Tue Jan 14 23:19:43 GMT 2025

काठमाडौँ, २ माघः कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापनलगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् ।
प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताउनुभयो । अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)