कांग्रेसको महाधिवेशन : दोलखामा संस्थापनइत्तर समूहले तोक्यो संयोजक र सहसंयोजक
annapurnapost.com · Sat Sep 19 12:44:33 GMT 2026

दोलखा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर केन्द्रमा देखिएको विवादको प्रभाव जिल्लासम्म आइपुगेको छ। पार्टीको संस्थापन र संस्थापन इत्तर समूहबीच महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा मतभेद भइरहेका बेला दोलखामा पनि दुवै पक्षले आ–आफ्नै ढंगबाट तयारी अघि बढाउन थालेका छन्।
यसैक्रममा नेपाली कांग्रेसको संस्थापन इत्तर समूहले दोलखामा १५औँ महाधिवेशन तयारीका लागि जिल्ला संयोजक र सहसंयोजक तोकेको छ। इत्तर समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले ताराकुमार खड्कालाई जिल्ला संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजकको जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)