लामिछानेको द्वैध भूमिका
ekantipur.com · Wed Apr 17 23:21:04 UTC 2024
संसद्मा आफू प्रतिपक्षीको बेन्चमा बसेका बेला कुनै व्यक्तिमाथि आरोप लागे प्रमाण फेला परोस् या नपरोस्, त्यस्ता व्यक्तिलाई छानबिनको दायरामा ल्याउनै पर्छ भनेर घोक्रो सुक्ने गरी बोल्ने रवि लामिछाने आज आफूमाथि यत्रो आरोप लाग्दा पनि सत्ता र पदको आडमा आफैं न्यायाधीश बनेर एकोहोरो आफू निर्दोष छु भनिरहेका छन् ।
उनी निर्दोषै होलान् तर उनले नै भनेको जस्तो नाम आइसकेपछि छानबिनका लागि भए पनि आफूले बाटो खोलिदिनुपर्छ कि पर्दैन ? जुन अरूले होइन, उनी आफैंले बोलेको कुरा हो । एक ठाउँबाट मात्र होइन, विभिन्न सहकारी ठगी प्रकरणमा उनको नाम एकपछि अर्को गर्दै आइरहेको छ । उसैगरी प्रमाण पनि आइरहेकै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)