मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तोकिएकै ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता

ekantipur.com · Wed Apr 17 23:21:49 UTC 2024

नयाँ शैक्षिक सत्र सुरु हुनासाथ अधिकांश निजी विद्यालयमा व्यापार सुरु हुन्छ । नयाँ भर्ना, नयाँ पाठ्यपुस्तक, नयाँ ड्रेस खरिदको समय हो यो । पाठ्यपुस्तक, ड्रेसमा निजी विद्यालयहरूले सिन्डिकेट नै चलाएका छन् । उनीहरूले तोकेकै ठाउँबाट पुस्तक र ड्रेस लिनुपर्ने, अन्य ठाउँको लिए त्यो स्वीकार्य नहुने अघोषित नियम चलाएका छन् ।

यो विकृत व्यापारलाई रोक्न काठमाडौंका मेयर बालेन शाहले केही नियम त बनाएका थिए तर पनि अर्कै ठाउँबाट नयाँ धन्दा सुरु भएको देखिन्छ । बालेनले विद्यालय स्वयंले पाठ्यपुस्तक बिक्री गर्न नपाउने नियम बनाए तर विद्यालयहरूले आफूले नबेचेर फलाना ठाउँबाट गएर किन्नु भन्ने उर्दी जारी गरेका छन् । यस्ता विकृति रोक्न देशभरिकै स्थानीय सरकारले अनुगमनलाई तीव्रता दिनु आवश्यक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)