मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किताबमा फजुल खर्च

ekantipur.com · Wed Apr 17 23:22:27 UTC 2024

हामीले पढ्दा पाठ्यपुस्तक प्राप्त गर्न ज्यादै गाह्रो थियो । पैदल पुग्नै दिनभरि लाग्ने जिल्ला सदरमुकामस्थित एउटा पुस्तक पसलमा खोइ कतिखेर किताब आएर कतिखेर सकिइसक्थ्यो, थाहै पाइँदैनथ्यो । सायद त्यतैतिरका विद्यार्थीलाई नै पुग्दैनथ्यो होला । त्यतिखेर फोनको सुविधा पनि थिएन, किताब आयो/आएन भनेर बुझ्नलाई । बल्लतल्ल एक दिन एउटा, अर्को दिन अर्को गर्दै कैयौं पटक धाएपछि किताबको सेट पूरा हुन्थ्यो ।

त्यतिन्जेलसम्म आधाउधी शैक्षिक सत्र सकिइसकेको हुन्थ्यो । कतिपय जिल्लाको अवस्था हामीले भोगेभन्दा पनि बढी कष्टकर थियो होला । सहरतिरबाट झिकाउन सक्ने साथीहरूले समयमै सेटै किताब पढ्न पाउँथे । त्यसो गर्न नसक्नेहरूले जिल्ला सदरमुकाम धाएर ल्याइएका एकसेट किताबबाटै काम चलाउन एउटा टोलमा दुई–तीन जनासम्मका समूह बनाइएका हुन्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)