१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
ratopati.com · Wed Jun 03 18:15:18 GMT 2026

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः
१. विरोधी तह लगाउने अस्त्र
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) अर्थात् वित्तीय कारबाही कार्यदलले ‘ग्रे लिस्ट’मा राखेसँगै नेपाल उक्त सूचीबाट बाहिर निस्कनुपर्ने दबाबमा छ । ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण मुलुकको सूची)मा परेपछि नेपालले बहुआयामिक जोखिम सामना गरिरहेको विज्ञ बताउँछन् ।
विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’
सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध : विरोधी तह लगाउने ‘हतियार’
‘मानिस पक्राउ गर्नुभन्दा सार्थक अनुसन्धानमा ध्यान दिनुपर्छ’
२. सीमा विवाद
नेपाल–भारत सीमा विवाद फेरि चुलिएको छ । प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिले विवाद बढाएको छ । भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको, भारत–नेपाल बिचको सीमा विवाद समाधान गर्न इङ्ल्याण्ड (बेलायत)सँग पनि कुराकानी भइरहेको जस्ता अभिव्यक्ति प्रधानमन्त्री बालेनले संसदबाट दिएपछि विभिन्न कोणबाट त्यसको व्याख्या तथा विवेचना भइरहेको छ ।
नेपाल–भारत सीमा विवाद सुल्झाउन बनेको संयुक्त कार्यदलले के–के गर्यो काम ?
३. रवि भारत भ्रमण
भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटवार्ता गरेका छन् । सभापति लामिछानेको भ्रमण राजकीय शैलीमा देखिएको छ । उनलाई भारतले विशेष महत्त्व दिएको विभिन्न घटनाक्रमले देखाएका छन् ।
रवि लामिछानेलाई भारतले दिएको महत्त्वको कूटनीतिक अर्थ के ?
भारतले रविलाई दिएको सम्मान नेपाल र नेपालीप्रतिको सम्मान हो : निलाम्बर आचार्य
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’
रविसँगको भेटलगत्तै मोदीले भने– ‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’
४.सिटामोलको भर
धादिङका ३५ वर्षीय ‘रामबहादुर’ (नाम परिवर्तन) विगत पाँच वर्षदेखि गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेका छन् । कहिले टोलाएर बसिरहने त कहिले विनाकारण डराउने रामबहादुरलाई उपचारका लागि उनका बाबुले तीन पटक सम्म काठमाडौँ ल्याए । ललितपुर पाटनमा भेटिएका उनले छोरोको समस्या मधुरो स्वरमा सुनाए ।
सिटामोलको भरमा मानसिक रोगी
५. नेतृत्व नछोड्ने सन्देश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने सन्देश दिएका छन् । फागुन २१ को निर्वाचनपछि पहिलो पटक बुधवार सार्वजनिक कार्यक्रमलाई करिब डेढ घण्टा सम्बोधन गरेका ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका साथै पार्टीभित्रको आन्तरिक राजनीतिका बारेमा समेत प्रस्ट पार्ने प्रयास गरे ।
ओलीको डेढ घण्टा भाषण : नेतृत्व नछोड्ने सन्देश
चक्रव्यूहमा लोकतन्त्र : भदौ २३ को षड्यन्त्र र राज्यसंयन्त्रको असफलता
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा
ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिन : ओली
मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीको आक्रोश
६. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक सांसदलाई मन्त्री बनाइएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन
७. राष्ट्रियसभा
राष्ट्रियसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रियसभाले सो विधेयकमा सुझाव दिने अवसर गुमाएको हो ।
राष्ट्रियसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमायो
‘नेपाल भारतबिच मनमुटाब गराएर विध्वंस मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्’
‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’
राष्ट्रिय सभामा कांग्रेसको आपत्ति, ‘नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षलाई भित्र्याउनु चिन्ताजनक’
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
८. विद्युत् प्रसारण
गत आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्को रोस्ट्रममा पहिलो पटक उभिँदै विद्युत् प्रसारण र वितरण क्षमताको बारेमा एउटा अभिव्यक्ति दिए । यदि देशका सबै मानिसले एकैपटक इन्डक्सन चुलो प्रयोग गर्न थाले भने हाम्रा सबै सबस्टेसन र ट्रान्सफर्मरहरू पड्किन्छन् भन्ने उनको भनाइ थियो ।
बालेनले भनेजस्तै कमजोर छ हाम्रो विद्युत् प्रसारण पूर्वाधार ?
९. रास्वपाको महाधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आउन १८ दिनमात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन । केन्द्रीय निर्वाचन आयोगको जेठ ७ गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार १५ गतेसम्म ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने भनिएको थियो ।
रास्वपाको महाधिवेशन आउन १८ दिन बाँकी, अझै बनेन जिल्ला निर्वाचन समिति
१०. अस्तव्यस्त अस्पताल
विराटनगरमा सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुग्यो । मंगलबार ३७ डिग्री सेल्सियस भनिए पनि बाहिर निस्किँदा छाला पोल्ने तातो हावा चलिरहेको छ । जसका कारण स्वस्थ मानिसहरू घरबाहिर निस्किन सकेका छैनन् ।
निजीमा स्वास्थ्य बीमा रोक्दा कोशी अस्पतालमा भद्रगोल
११. विकास निर्माण
पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपालका ठुला विकास आयोजना र उत्पादनमुलक उद्योगहरू गम्भीर संकटमा परेका छन् ।
पश्चिम एसिया द्वन्द्वको चरम मारमा स्वदेशी उद्योग र विकास आयोजना
१२. फिफा विश्वकप
विश्वकप २०२६ को महाकुम्भ : खेल हुने १६ रंगशाला र त्यहाँका रोचक तथ्य
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा
मौसम
बालेन शाह
प्रतिनिधि सभा