धनगढीमा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी सार्वजनिक
ratopati.com · Sat Sep 19 12:56:05 GMT 2026
धनगढी । कैलालीको धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी शनिबार सार्वजनिक गरिएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी फाप्ला क्रिकेट मैदानमै सार्वजनिक गरिएको हो।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी हुने १६ वटै टोलीका कप्तानको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक कैलाली जिल्ला क्रिकेट सङ्घका पदाधिकारी तथा विभिन्न टोलीका प्रतिनिधिको समेत उपस्थिति थियो । प्रतियोगिता असोज ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाउँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)