सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते
ratopati.com · Sat Sep 19 12:59:03 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घाइतेको तिघ्रामा चोट लागेको खबर आएको छ।
गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)