तमोर नदीमा बेलिब्रिज निर्माण
gorkhapatraonline.com · Sat Aug 29 13:14:56 GMT 2026

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेलिब्रिज निर्माण गरिएको हो ।
बेजिब्रिज निर्माण सम्पन्न भएसँगै शनिबार उद्घाटन गरिएको छ । तमोर इनर्जी प्रालिले निर्माण गरेको बेलिब्रिजको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास), माथिल्लो तमोर जलविद्युत आयोजनाकी प्रमुख सम्झना क्षेत्री लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)