माथिल्लो त्रिशूली–१ को टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो
annapurnapost.com · Sat Sep 19 12:50:59 GMT 2026

काठमाडौं : माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट निकालिएका ११ जनाको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिहरुको संयुक्त टोलीले खोजी गर्ने गर्नेमा ११ जनाको शव फेला परेको थियो। उक्त आयोजनाको टनेलभित्र अझै खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। यस्तै त्रिशूली–३‘ए’को टनेल र पावर हाउस क्षेत्रमा पनि खोजी कार्य जारी राखिएको छ। त्रिशूली–३ ‘बि’को टनेल र पावर हाउस क्षेत्रमा पनि नेपाली सेनाले खोजी कार्य गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)