बाली भित्र्याउन भारतदेखि खेताला
ekantipur.com · Sun Nov 19 01:19:13 GMT 2023
झापा — सीमापारि विहार कटिहारको सिक्रोना गाउँका ७० वर्षीया फारुक हरेक वर्ष धान काट्न रेल चढेर झापा आइपुग्छन् । उही उमेर र एकै गाउँका फुलाइ सहनी पनि उनीसँगै मेची तरेर आउँछन् । फारुकको नेतृत्वमा हरेक वर्ष दर्जनभन्दा बढी भारतीय खेताला धान काट्न झापा आउँछन् ।
यस पटक पनि १२ जना खेताला मेचीनगरमा खटिएका छन् । भद्रपुर, कचनकवललगायत दक्षिण झापाका अन्य गाउँमा पनि पारिकै खेताला धान काटिरहेको भेटिन्छ । कम्तीमा महिना दिन काम गरेर केही रकम आम्दानी गरेपछि उनीहरु ‘देश’ फर्किन्छन् । धान काट्नेदेखि बिटा लाउनेसम्म काम उनीहरु गर्छन् । त्यसबापत दैनिक भारु ५ सय रुपैयाँ हाजिरा लिन्छन् । यसपटक यो टोलीले करिब सय बिघा बढीमा फलेका धान काट््ने ठेक्का पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)