भीरबाट लडेर र माछापोखरीमा डुबेर २ को मृत्यु
thahakhabar.com

खोटाङ : खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देवीप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो।
मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गतराति तथा देवीप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। मनकुमारी सुङ्देलस्थित बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)