लुम्बिनीमा कांग्रेसको अधिवेशन : नेता धेरै, कार्यकर्ता कम
annapurnapost.com · Sat Sep 19 13:17:57 GMT 2026

दाङ : नेपाली कांग्रेसको वडा अधिवेशन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सुरु भएको छ। तर वडा अधिवेशनप्रति क्रियाशील सदस्य तथा कार्यकर्ताको उत्साह भने अपेक्षाकृत न्यून देखिएको छ। प्रदेशका विभिन्न जिल्लाका वडामा अधिवेशन प्रक्रिया सुरु भएपनि अधिकांश स्थानमा क्रियाशील सदस्यको बहुमत उपस्थिति देखिएको छैन। कतिपय वडामा अधिवेशन उद्घाटन तथा प्रारम्भिक कार्यक्रममा न्यून संख्यामा मात्रै कार्यकर्ता सहभागी भएका छन्।
विशेषगरी दाङलगायत लुम्बिनीका जिल्लाका केही वडामा क्रियाशील सदस्यको उल्लेख्य संख्या रहेपनि अधिवेशनस्थलमा उनीहरूको उपस्थिति न्यून देखिएको छ। कतिपय वडामा त अधिवेशन सुरु हुँदा कार्यकर्ताको उपस्थिति निकै कमजोर देखिएको छ। पद खोजेका नेताहरुको मात्रै सहभगिता देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)