मेस्सीको गोलमा म्यानचेस्टर सिटीमाथि पीएसजीको जित
news24nepal.tv · Wed Sep 29 00:57:43 GMT 2021
एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसीलाई जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र इड्रिसा गाना गुआईले समान एक-एक गोल गरे । पीएसजीले पहिलो हाफमा एकाे गाेल गरेकाे थियाे भने अर्काे गाेल दाेस्राे हाफमा थप्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)