टनेलबाट निकालिएका ११ शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइयो
kendrabindu.com · Sat Sep 19 13:30:41 GMT 2026

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ टनेलबाट निकालिएका ११ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त खोजी टोलीले टनेलबाट ११ जनाको शव फेला पारेको हो। नेपाली सेनाका अनुसार आयोजनाको टनेलभित्र अझै खोजी कार्य जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)