मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

barnanmedia.com · Sat Aug 09 22:36:00 GMT 2025

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरुप हालसम्म उक्त रकम उपलब्ध गराइएको वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।” विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिसम्म जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)