भावनात्मक सम्बन्धले भरिएको ‘आ बाट आमा’को ट्रेलर
ukeraa.com

काठमाडौं : माघ १६ मा रिलिज हुन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ।
आमाको भूमिकामा बिपना थापा छिन् भने भारतका वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन्। छोराको भूमिकामा पल शाह छन्। ट्रेलरमा उनीहरुबीचको गहिरो सम्बन्धलाई महत्त्व दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)