मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ - कांग्रेस

Ujyaaloonline.com · Wed May 08 23:37:19 UTC 2024

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको बताउनुभएको छ ।

पार्टी संसदीय कार्यालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै प्रमुख सचेतक लेखकले सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता देखिएको र उहाँ गृहमन्त्रीसमेत रहेकाले संसदीय छानबिन समितिको माग गरेको बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गर्नेगरी समिति गठन हुनुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)