मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दैनिक २ हजार पर्यटक

abhiyandaily.com

काठमाडौं । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ ।

गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)