मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

onlinekhabar.com · Wed May 08 23:48:45 UTC 2024

२७ वैशाख, काठमाडौं । इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ ।

अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले रफामा आक्रमण रोक्न अमेरिकाले पहल गरिरहेको र इजरायललाई हतियार सहयोगबारे समीक्षा भइरहेको बताएका छन् । बुधबार अमेरिकी रक्षा सचिव लोयड अस्टिनले अमेरिकी सेनेटमा बोल्ने क्रममा इजरायललाई बम पठाउन ढिलाइ भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)