हिमालय कलेजका नवप्रवेशी विद्यार्थीको स्वागत, पढाइसँगै सीप र अनुशासनमा जोड दिन सुझाव
kendrabindu.com · Sat Sep 19 13:47:57 GMT 2026

ललितपुर । हिमालय कलेज अफ इन्जिनियरिङले नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ललितपुर महानगरपालिका–९ च्यासलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई पढाइसँगै सीप, अनुशासन र व्यावहारिक ज्ञानमा जोड दिन सुझाव दिइएको छ ।
कार्यक्रममा कलेजका भाइसप्रिन्सीपल डा. अशोक जिएमले कलेजमा बिताउने चार÷पाँच वर्षको अवधिलाई विद्यार्थी आफैँले स्वर्णिम बनाउन सक्ने बताए । सयौँ शैक्षिक संस्थामध्ये हिमालय कलेजलाई रोजेकोमा नयाँ विद्यार्थीप्रति आभार व्यक्त गर्दै उनले कलेजले २६ वर्षदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)