मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज उमेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे

baahrakhari.com · Thu Apr 28 23:49:00 GMT 2022

काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)