राजेन्द्र महतोले भने – जेनजीको नाममा नयाँ पसल खोल्ने काम नगरौँ
ratopati.com · Sat Sep 19 13:52:49 GMT 2026

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजी आन्दोलनलाई षड्यन्त्रपूर्ण भएको टिप्पणी गरेका छन् । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो आन्दोलन अन्तर्राष्ट्रिय षड्यन्त्रका कारण भएको दाबी गरे ।
राजनीतिमा 'क्यालेन्डर एज'ले कुनै फरक नपार्ने जिकिर गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिए । उनले भने, ‘राजनीतिमा क्यालेन्डर एज हुँदैन, भारतमा ७६ वर्षको उमेरमा नरेन्द्र मोदीले नेतृत्व गरिरहनुभएको छ । विश्वका धेरै विकसित देशमा पाका व्यक्तिहरूले नै शासन गरिरहेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)