संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह
reportersnepal.com · Sat Sep 19 13:51:34 GMT 2026

असोज ३, काठमाडौं । संविधान दिवसको सन्दर्भमा युवा नेता चन्द्र भूषण साह (सीबी साह) ले नेपालको संविधानको विगत एक दशकको अभ्यास, उपलब्धि, कमजोरी तथा आगामी संवैधानिक यात्राबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
संविधान दिवसलाई केवल संविधान जारी भएको दिनका रूपमा मात्र नहेरी विगतको संवैधानिक अभ्यासको समीक्षा गर्ने अवसरका रूपमा समेत लिनुपर्ने उनको धारणा छ। उनले नेपालको संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, मौलिक हक तथा सामाजिक न्यायजस्ता महत्वपूर्ण प्रतिबद्धता अघि सारे पनि ती प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन भए भन्ने प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)