मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यान्त्रिकरणमा जुम्ली किसानको आर्कषण

rajdhanidaily.com · Wed Apr 17 23:30:42 UTC 2024

जुम्ला । कृषि औजारको नाममा जुम्लाका कृषकसँग सदियौं पुरानो हलो, कोदालो र हँसिया छ । मार्सी धान, स्याउ ओखर उत्पादनका लागि उर्भरभूमी हुँदाहुँदै कालापहाड पुगेर पसिना बगाउनुपर्ने नियतिले च्यापेको छ । कारण, परम्परागत खेती प्रविधि । ‘मानो छरेर मुरी फल्ने’ खेतीले ६ महिना समेत खान पुग्दैन । श्रम बढि उत्पादन कम भइरहेको छ ।

गोरुको सहायताले खनजोत भइरहेको जुम्लामा १ बर्षमा औसत २० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाध्यता छ । यसमा पनि गत वर्ष लम्पी स्कीन रोगले ५ सय ६७ गाइबस्तु मरे । जसमा १ सय ७० गोरु थिए । ८५ हल गोरु मरेपछि जग्गा बाँझो हुने हुँदा र सरलताका लागि अहिले मिनि टिलर अर्थात आधुनिक हलोमा किसानको आर्कषण बढेको गुठिचौर ५ का राम कुमार भण्डारीले बताए । १ हजार विरुवा रोपेर उच्च घनत्वको बगैंचा स्थापना गरेका उनि मिनि टिलरले कम लागत, श्रम र समय भित्रै बढि काम हुने हुँदा यान्त्रिकरणमा ध्यान गएको बताउन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)