पुल निर्माण र आवासको माग गर्दै नुवाकोटमा बाढीपीडितको प्रदर्शन
annapurnapost.com · Sat Sep 19 13:45:32 GMT 2026

नुवाकोट : नुवाकोटमा बाढी पीडितहरुले अस्थायी पुल तथा अस्थायी बासस्थानको माग गरेका छन्। साविकको ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले ध्वस्त पारेपछि उनीहरुले बेलिव्रिज निर्माण र अस्थायी आवासको माग गर्दै शनिबार नुवाकोटमा प्रदर्शन गरेका छन्।
बाढीबाट प्रभावित विदुर नगरपालिका–१ ढुङ्गे, त्रिशूली तथा नदी पारी पश्चिमी क्षेत्रका बस्तीका समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेको सहभागी रविन श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)