मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घर पुनर्निर्माणका लागि अनुदान

gorkhapatraonline.com · Thu May 09 00:04:42 UTC 2024

काठमाडौँ, वैशाख २७ गते । सरकारले अब सबैखाले विपत्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपत्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुईदिने छलफलको बुधबार ललितपुरमा समापन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपत्बाट हुने आवासको क्षतिमा सरकारले पुनर्निर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)