मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरजग्गा कारोबार घट्दो, राजस्व बढ्दो

rajdhanidaily.com · Sat Aug 09 23:11:21 GMT 2025

काठमाडौं । घरजग्गा कारोबारमा मन्दी र जग्गाको मूल्य यथावत् भए पनि सरकारलाई प्राप्त हुने राजस्व भने अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँले बढेको छ । किन्ने भन्दा बेच्ने धेरै र घरजग्गाको मूल्य ४ वर्षअघिकै अवस्थामा भएपनि सहर र आसपासका जग्गाको कारोबारले गर्दा राजस्व बढेको हो । घरजग्गाको मूल्य बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई पनि हम्मेहम्मे पर्न थालेको छ ।

खरिदविक्री नभएर कारोवारमा मन्दी आएपछि लिलाम सकार गरेका धितोका कारण बैंकहरूसँग गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा हाल कुल ४५ अर्ब ११ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ । त्यसमध्ये वाणिज्य बै ंकहरूको २८ अर्ब ७९ करोड, विकास बैंकहरूको ४ अर्ब १६ करोड र फाइनान्स कम्पनीको २ अर्ब ७४ करोड रुपैयाँ हो । गैरबैंकिङ सम्पत्ति बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरूले रेगुलेटरी रिजर्भ राख्नुपर्दा समस्या उत्पन्न हुन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)