मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री
ekantipur.com · Thu May 09 00:14:37 UTC 2024

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र नयाँ दल जसपाबाट मन्त्री थप्ने तयारी थालेका छन् । सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली संविधानले दिएको २५ सदस्यीय सीमाभित्र रहेर मन्त्रिपरिषद् विस्तार गरी गठबन्धन बलियो बनाउने निष्कर्षमा पुगेका हुन् । हाल प्रधानमन्त्री, मन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ ।
मन्त्री थप गर्नेबारे सत्ता समीकरणको बैठक बसेर टुंगोमा पुग्ने दाहालनिकट नेताको भनाइ छ । ‘जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले नयाँ समीकरण बनाउन लागेको पुष्टि भइसकेको छ, जसका कारण जसपा विभाजन भएर नयाँ पार्टी बनेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उपेन्द्रजीसामु यो समीकरणमा रहने वा नरहनेबारे नैतिक प्रश्न उठेको छ । त्यसैले नयाँ परिस्थितिअनुसार बाहिर रहेका र नयाँ पार्टीलाई समेट्नुपर्ने आवश्यकता छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)