बढ्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी, तर व्यवस्थापन भद्रगोल
nepalsamaya.com · Thu May 09 00:16:00 UTC 2024

तुलसीपुर- दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन। त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन्।
सोही पालिकाको वडा नं ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ। यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)