‘संविधान पक्षधर वाम–लोकतान्त्रिक शक्ति ध्वस्त पार्ने खेल भइरहेको छ’
ratopati.com · Sat Sep 19 14:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टी विभाजन भएको केही महिनामै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी विभाजन हुने गम्भीर विषय उठान गरे । कांग्रेसभित्र संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा समूहबिच आन्तरिक विवाद विभाजनको डिलमा पुगेको बेला खड्काको अभिव्यक्ति राजनीतिक वृत्तमा अर्थपूर्ण छ ।
‘मेरो अन्तरमनले भन्छ– कांग्रेस पार्टीको विभाजनको केही महिना भित्र नेकपा एमाले, नेपाली कम्युनस्ट पार्टीलगायत विशेषगरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्, गरिनेछन्,' सामाजिक सञ्जाल फेसबुकमा खड्काले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)