आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
ratopati.com · Wed Jan 15 17:01:00 GMT 2025

काठमाडौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक्ला जीवित सदस्य कान्छा शेर्पालाई एभरेष्ट टुरिजम अवार्ड, २०२५ को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
यहाँ आज आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पालाई पर्यटन क्षेत्रमा गरेको अमूल्य योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरेका आयोजक ‘एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालि’का अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिइन् । शेर्पालाई रु ५१ हजार एक सय ५१, दोसल्ला र प्रमाणप्रत्रसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)