दौड प्रतियोगितासहित विविध कार्यक्रम सम्पन्न
gorkhapatraonline.com · Sat Sep 19 14:16:50 GMT 2026
संविधान दिवसको अवसरमा शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
मलङ्गवा नगरपालिकाको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच संयुक्त रूपमा दुई माइल दुरीको खुला दौड प्रतियोगिता सम्पन्न भएको हो । दौड प्रतियोगितामा नेपाली सेनातर्फ सिपाही विनोद लोहार पहिलो, सिपाही रिजनबहादुर रावल दोस्रो र सिपाही ललित पुन तेस्रो हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)