चीन विकास गाथाको पृष्ठभूमि : सीसीपीका लागि चुनौती बनेका आर्थिक बाधाहरू
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

सांघाई। दशकौँदेखि चीनलाई विश्वको उत्पादन केन्द्र र दोस्रो ठूलो अर्थतन्त्रका रूपमा हेरिँदै आएको छ—एउटा यस्तो राष्ट्र जसको उदयले विश्व इतिहासलाई नै नयाँ रूप दिने अपेक्षा गरिएको थियो। तर, आकर्षक तथ्याङ्क र गर्विलो दाबीभित्र एउटा चिन्ताजनक यथार्थ लुकेको छ। चिनियाँ अर्थतन्त्र धराशायी हुँदै छ र सरकार यस सङ्कटको गहिराइ लुकाउन अथक प्रयास गरिरहेको छ। आधिकारिक जिडिपी वृद्धिदर ४.५–५% को हाराहारीमा देखिए पनि स्वतन्त्र विश्लेषक र संस्थाहरूका अनुसार वास्तविक तथ्याङ्क निकै कम, अर्थात् २–३% को हाराहारीमा छ। यो भिन्नता सामान्य तथ्याङ्कीय त्रुटि होइन; यो भ्रममा आधारित प्रणालीको प्रमाण हो, जहाँ पारदर्शिताको ठाउँमा प्रचारबाजी र सुधारको ठाउँमा वास्तविकतालाई अस्वीकार गर्ने प्रवृत्ति हाबी छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले लामो समयदेखि आफ्नो वैधताको मुख्य आधारका रूपमा आर्थिक प्रदर्शनलाई लिँदै आएको छ। वृद्धिदरका तथ्याङ्कहरूलाई क्षमताको प्रमाणका रूपमा प्रचार गरिन्छ भने असहमति जनाउने आवाजहरूलाई दबाइन्छ। तर, अब समस्याका दरारहरू यति फराकिला भइसकेका छन् कि तिनलाई बेवास्ता गर्न सकिँदैन। कुनै समय घरायसी सम्पत्तिको मुख्य स्रोत रहेको घरजग्गा क्षेत्र अहिले धराशायी भएको छ। सन् २०२६ मा घरजग्गा क्षेत्रको लगानी करिब १८% ले घट्यो। जसका कारण लाखौँ अपार्टमेन्टहरू बिक्री हुन सकेनन् र परिवारहरूले आर्थिक सुरक्षा निर्माण गर्न असमर्थ भए। उपभोक्ताको आत्मविश्वासको मापक मानिने खुद्रा बिक्री जुन २०२६ मा मुस्किलले १% ले बढ्यो; यसले मानिसहरू खर्च गर्नुभन्दा बचत गर्नमा केन्द्रित भएको देखाउँछ। विशेष गरी स्थानीय सरकारहरूको ऋणको स्तर धान्नै नसकिने गरी बढेको छ, तैपनि बेइजिङ ऋणको दुष्चक्रको डरले वित्तीय घाटा बढाउन हिचकिचाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)