चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
ratopati.com · Wed Jun 03 19:45:33 GMT 2026

चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३।१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ ।
यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३।५० प्रतिशत र बिडिएसतर्फ ८१।५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)