मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान

barnanmedia.com · Sat Aug 09 23:41:43 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबिच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबिच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)