झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति
pahilopost.com · Sat Jul 15 10:49:07 UTC 2023

काठमाडौं : भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो।
यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए। उनले भने, 'झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)