मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गुल्मी अस्पतालमा डाइलासिस सेवाको स्तरवृद्धि

rajdhanidaily.com · Sat Aug 09 23:48:03 GMT 2025

गुल्मी । गुल्मी अस्पतालमा डाइलासिस सेवाको स्तरवृद्धि गरिएको छ । रेसुङ्गा नगरपालिकाले डाइलासिसको लागि आवश्यक सामग्री प्रदान गरेसँगै अब अस्पतालमा सेवाको स्तरबृद्धि भएको हो । पछिल्लो समय नगरपालिकाले ७० लाखको तीनवटा मेसिन प्रदान गरेको छ ।

यो मेसिन प्रदान गरेसँगै अब अस्पतालमा ४० जना बिरामीले सेवा लिन सक्नेछन् । यसभन्दा अगाडी पाँचवटा मेसिनमार्फत १९ जना बिरामीले सेवा लिन पाउथे । मेसिन थप गरेसँगै अस्पतालमा थप २१ जना बिरामीले सेवा लिनसक्ने अस्पतालका डाक्टर विभव बस्यालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)