एमाले–नेकपा गठबन्धनको कसरत, ओली–नेपाल भेटको तयारी
nepalpress.com · Sun Jul 19 01:20:19 GMT 2026

कैलाली । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन भत्किन सुरु गरेपछि अहिले दलहरू एकआपसमा नयाँ समीकरण बनाउन आन्तरिक छलफल र संवादमा जुटेका छन्।
प्रदेशहरूमा नेकपा र एमाले, नेकपा र कांग्रेस तथा कांग्रेस र एमालेबीचको समीकरणबारे चर्चा छ। अहिले सबैभन्दा धेरै नेकपा र एमालेबीच नयाँ गठबन्धनको गृहकार्य भइरहेको छ। कांग्रेस र नेकपाबीच पनि छलफल नभएका होइनन्, तर त्यसले मूर्त रूप भने लिन सकेको छैन। केही नेताहरू पुरानो गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा पनि उभिएका थिए। तर त्यसको सम्भावना पनि क्षीण छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)