मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै २ लाख ठगेपछि…

barnanmedia.com · Wed Jan 15 22:22:44 GMT 2025

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुली गरिएको विषय बाहिर आएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरी उक्त रकम असुलेको आरोप छ।

बझाङको छबिस–पाथीभेरा गाउँपालिका–७ का बिरेन्द्र धामीले दीपायलबाट प्रहरी जवानमा जागिर पाउने आशामा २ लाख रुपैयाँ भट्टलाई बुझाएका थिए। धामीले २०८० चैत २७ गतेदेखि २०८१ वैशाख ९ गतेसम्म विभिन्न माध्यमबाट रकम पठाएका थिए। भारतबाट १ लाख र प्रभुमनी ट्रान्सफरबाट ५० हजार १६० रुपैयाँ पठाइएको देखिएको छ। तर, जागिर नपाएपछि धामीले रकम फिर्ता मागेका थिए। भट्टले ३० हजार फिर्ता गरे पनि बाँकी १ लाख ७० हजार रुपैयाँ फिर्ता गरेका छैनन्। २०८१ भदौ २० गतेको मिति राखेर दिएको चेक पनि हालसम्म साटिएको छैन। धामीले चेक फिर्ता गर्न बैंकमा पैसा नभएको जानकारी पाएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)