मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल-भारतको सहकार्य अब  एआई र सूचना प्रविधिमा पनि अघि बढ्छ : एस जयशंकर

baahrakhari.com · Sat Jun 06 14:17:00 GMT 2026

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतको सहकार्य अब एआई र सूचना प्रविधिको क्षेत्रमा पनि सह विस्तार हुने बताएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा सहयोग गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने उनले बताए । ''नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ । अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ,'' उनले भने ।

नेपाल र भारतको राजनीतिक सम्बन्ध थप सुदृढ हुनेतर्फ रहेको उनले बताए । ''रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ,'' उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको जयशंकरले बताएका छन् ।

मौरिसमा पनि खनालसँग संवाद भएको स्मरण गर्दै जयशंकरले नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा हर्षित रहेको बताए ।

#भेटवार्ता

#शिशिर खनाल

#भारतीय विदेशमन्त्री एस जयशंकर

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय