मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको आकर्षण बढ्दै

barnanmedia.com · Wed Jan 15 22:40:06 GMT 2025

रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरमा बिरामीको आकर्षण बढेको छ । केही वर्षअघि दैनिक तीन÷चारजना मात्र सेवाग्राही आउने उक्त चिकित्सालयमा हिजोआज ५० जनाभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालयका सूचना अधिकारी रुपनारायण महतोले चिकित्सालयमा रौतहटका मात्र नभई छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हरेक वर्ष चिकित्सालयमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार दुई सय ६६ बिरामीले सेवा लिएकामा १६ हजार एक सय २४ पुरुष र १५ हजार एक सय ४२ जना महिला रहेका महतोले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)