मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सलहेस मन्दिर निर्माण अधुरै

barnanmedia.com · Wed Jan 15 23:00:48 GMT 2025

पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७÷७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ ।

हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)