खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
ratopati.com · Wed Jan 15 23:04:00 GMT 2025

दमौली । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।
स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)