संविधान दिवसका अवसरमा साइकल र्याली
nepalnews.com · Sat Sep 19 14:58:18 GMT 2026

काठमाडौँ । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली गरेको छ ।
र्यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दाबढी साइकलयात्री रहेका थिए । उक्त र्याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)