दाहालले प्रतिशोध साध्न राज्यशक्तिको दुरुपयोग गर्न खोजेको शर्माको आरोप
himalkhabar.com · Sun Aug 11 09:11:00 UTC 2024

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोध साध्न पार्टीभित्रै राज्यशक्तिको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।
काठमाडौंमा जारी माओवादीको स्थायी कमिटी बैठकमा प्रस्तुत १४ पृष्ठको दस्तावेजमा शर्माले पूर्व प्रधानमन्त्री दाहालमाथि यस्तो आरोप लगाएका हुन्। सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन शर्मा र कहिले वर्षमान पुन विरुद्ध दुष्प्रचार गरिएको उनले जिकिर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)