विश्वकपको फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने, ६० वर्षपछि विश्वकपमा पुनः भिडन्त; मेस्सी–यमालको ऐतिहासिक संयोग चर्चामा
barnanmedia.com · Sun Jul 19 01:41:08 GMT 2026
काठमाडौँ । फिफा विश्वकपको प्रतिष्ठित ट्रफीका लागि सोमबार स्पेन र साविक विजेता अर्जेन्टिनाबीच ऐतिहासिक फाइनल खेल हुँदैछ। विश्वकपको मञ्चमा ६० वर्षपछि यी दुई टोली आमने-सामने हुन लागेका हुन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे सुरु हुने यो महाभिडन्तमा फुटबल इतिहासकै एउटा सबैभन्दा रोचक र भावनात्मक संयोग मैदानमा देखिँदैछ।
यस फाइनलको सबैभन्दा ठूलो आकर्षण अर्जेन्टिनाका महानायक लियोनेल मेस्सी र स्पेनका १९ वर्षीय युवा स्टार लामिन यमालबीचको भिडन्त हो। सन् २००७ मा बार्सिलोनाको एक च्यारिटी फोटोसुटका क्रममा २० वर्षीय मेस्सीले मात्र ३ महिनाका यमाललाई काखमा लिएर नुहाइदिएका थिए। सन् २०२४ मा भाइरल भएको त्यो ऐतिहासिक तस्बिर सोमबार वास्तविकतामा परिणत हुँदैछ । जहाँ तिनै यमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना 'गुरु' समान मेस्सीको विरुद्धमा विश्वकपको उपाधिका लागि मैदान उत्रिँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)