शेरबहादुर देउवाको गृहजिल्लाका ५२ वडामै भोलि काग्रेसले अधिवेशन गर्ने
nepallive.com · Sat Sep 19 15:23:25 GMT 2026

काठमाडौ - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने भोलि सबै वडामा अधिवेशन हुने भएको छ। जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।
अन्य जिल्लाका आज भएपनि डडेलधुराका कुनै पनि वडामा हुन सकेकाे छैन । उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। डडेलधुरामा सात पालिका र ५२ वडा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)